• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रविले भने- मैले कानुन जान्नु पर्छ भने सञ्चारमाध्यमले जान्नु पर्दैन ?


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कानुन जान्नु-बुझ्नुपर्छ भन्ने सञ्चारमाध्यम वा पत्रकार पनि कानून जान्नु–बुझ्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरेका छन्।

ग्यालेक्सी टिभीले सहकारीबाट ऋण लिएर अर्बौं ठगी गरेको समचार प्रकाशीत भएकोप्रति आफ्नो धारण सार्वजनिक गर्दै पूर्व गृहमन्त्रीसमते रहको लामिछानेले उक्त कपोकल्पीत समचारप्रति आफ्नो ध्यानाकर्षण भएको समेत जनाएका छन्।

उनले ग्यालेक्सी टिभीले सहकारीबाट ऋण लिनु लिवैधानिक नभएको र त्यसबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुन्छ भने भोग्न तयार रहेकोसमेत बताएका छन्।

विद्यमान कानुन आफूलाई कारबाही गर्न अपर्याप्त भएमा संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुने उनको भनाइ छ। तर, उनले आफूमाथि प्रश्न उठाउने सञ्चारमाध्यमलाई कैयन प्रश्न भने राखेका छन्।

‘यहाँ मेरो एउटा प्रश्न चाहिँ छ-मदिराको विज्ञापन गर्न हुँदैन भन्ने कानूनी व्यवस्था सञ्चारमाध्यमलाई थाहा छ कि छैन? छ भने २०७५ सालमै बनेको यस्तो व्यवस्थाको वर्षौँसम्म किन बर्खिलाप गरी मदिराको विज्ञापन गरी नै रहे? कानुन त तिनी पनि बुझ्थे–बुझ्छन् होला ? मैले कानुन जान्नु–बुझ्नुपर्छ भन्ने कुनै सञ्चारमाध्यम वा पत्रकारलाई लाग्छ भने उसले पनि जान्नु-बुझ्नुपर्छ कि पर्दैन ?’, उनको प्रश्न छ।

लामिछाने राजनीतिमा आउनुअघि ग्यालेक्सी टिभीमा कार्यरत रहेका थिए । उक्त टिभीका अध्यक्ष रहेका जीवी राईले सहकारी स्थापना गरेर बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ।

समाचारमा आफूलाई अझै पनि ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको भ्रम छर्न खोजिएको उनको भनाइ छ।

‘भ्रमलाई सत्यका रूपमा स्थापित गर्न उसले सेयर लगतको पुरानो (२०७८/६/२३) को विवरण राखेको रहेछ । त्यसपछि गोर्खा मिडिया नेटवर्कको सेयर लगतमा निकै फेरबदल भइसकेको तथ्यको कागजात उसले पाउन सकेन वा नियतवश लुकायो म भन्न त सक्दिन! पुरानो कागजातको सहारा लिएर भ्रम छर्नुअघि नयाँ कागजात खोज्ने सामर्थ्य राखेको भए उसको नियतमा अहिले जसरी सार्वजनिक प्रश्न आउने थिएन,’ रविले लेखेका छन्।

उनले भनेका छन्- अथवा, विद्यमान कानून मलाई कारबाही गर्न अपर्याप्त छ भने संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुन्छ । तर, यहाँ मेरो एउटा प्रश्न चाहिँ छ- मदिराको विज्ञापन गर्न हुँदैन भन्ने कानूनी व्यवस्था सञ्चारमाध्यमलाई थाहा छ कि छैन ? छ भने २०७५ सालमै बनेको यस्तो व्यवस्थाको वर्षौँसम्म किन बर्खिलाप गरी मदिराको विज्ञापन गरी नै रहे ? कानून त तिनी पनि बुझ्थे/बुझ्छन् होला ? मैले कानून जान्नु/बुझ्नुपर्छ भन्ने कुनै सञ्चारमाध्यम वा पत्रकारलाई लाग्छ भने उसले पनि जान्नु/बुझ्नुपर्छ कि पर्दैन ?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖