• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन् एजेन्डा


  • धनकुटा खबर
  • .

काठमाण्डौं, पुस १२ । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी मन्त्रीले गरेका काममाथी समिक्षा, राष्ट्रियसभाको चुनाव र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाईएको छ ।

प्रचण्ड नेतृत्व सरकारमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट नौ जना मन्त्री सरकारमा सामेल रहेका छन् । मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएपछि आजको बैठकमा मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖