• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त भएका छन्।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ। राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट निर्वाचित १९ र मनोनीत १ गरेर कूल २० सांसद्को पदावधि सकिँदैछ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम देहायका ७ जना जिल्ला न्यायाधीशहरूलाई पुस १६ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

नियुक्त निर्वाचन अधिकृतले १६ गतेभित्र सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖