• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सन्दीप लामिछानेको मुद्दा भोलि टुङ्ग्याउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामाथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । आज बहस नसकिएपछि हेर्दाहेर्दैमा परेको जिल्ला अदालत काठमाडौंका प्रवक्ता चन्द्र पन्थीले जानकारी दिए।

बिहीबार जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासमा लामिछानेका वकिलहरू अधिवक्ता मुरारी सापकोटा, रोशनी पौडेल, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, कृष्ण सापकोटा, सविता भण्डारी र रमण श्रेष्ठले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै कार्यालय समय सकिएपछि न्यायाधीश ढकालले बहस भोलिलाई सारेका हुन्।

भोलि लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवालाका वकिलले जवाफी बहस गर्ने छन्। दुवै पक्षको बहस सकिएपछि यो मुद्दामा न्यायाधीशले फैसला सुनाउने छन्। न्यायाधीश ढकालले भोलि नै फैसला सुनाउन सक्ने सम्भावना छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖