• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा दायर भएको रिटमा आज पेसी


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेपछि आजका लागि पेसी तोकिएको छ ।

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएर दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्ने तयारी अनुसार पेसी तोकिएको हो। निवेदकहरुले गर्भनर अधिकारी उक्त पदका लागि योग्य नरहेको जिकिर गर्दै शैक्षिक योग्यता नपुगेको दाबी गरेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा व्यवस्था भए बमोजिम गभर्नरका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तोकिएको र गर्भनर अधिकारीको योग्यता नरहेकाले निवेदकहरुले नियुक्ति बदरको माग गरेका छन् ।

गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिट निवेदकहरुको दाबी छ। गभर्नर अधिकारीको नियुक्तिविरुद्ध यसअघि पनि अदालतमा रिट परेको थियो । तर, सो रिट सर्वोच्चले दरपिठ गरेको थियो ।

अधिकारी २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए । उनको नियुक्तिलाई लिएर यसअघि पनि विभिन्न प्रश्नहरु उठ्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖