विराटनगर। झापाको मेचीनगरमा नेपाली कांग्रेस परित्याग गरी दर्जनौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम मेचीनगर अधिवेशनका क्रममा उनीहरू एमाले प्रवेश गरेका हुन्।
एमाले केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज विशाल भट्टराईका अनुसार कांग्रेसका युवा नेता डिकेन्द्र थापाको नेतृत्वमा ५१ जना एमालेका प्रवेश गरेका हुन् ।
