• Saturday 28th of November 2026

गिट्टीको बिल देखाएर ट्रकमा प्याज लोड


  • धनकुटा खबर
  • .

वीरगञ्ज- प्रहरीले बाराबाट अवैध प्याज लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले बारा जीतपुर सिमरा उपमहानगरपालिका- १ पथलैया चोकमा चेकजाच गरेको थियो ।

जाँचको क्रममा ना ६ ख २६२५ नम्बरको ट्रकमा भिसिटिएस अनलाईन बिल गिट्टीको देखाएको र ट्रकभित्र प्याज लोड गरिएको भेटिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

ट्रकभित्र लोड गरिएको १७ हजार ७३० केजी अवैध प्याजसहित ट्रकलाई नियन्त्रणमा लिइएको उनले बताए । प्याजको बजार मूल्य अन्दाजी नौ लाख ३० हजार ८२५ रहेको तथा प्याजसहित ट्रकलाई थप अनुसन्धानको लागी राजस्व कार्यालय पथलैयामा पठाइएको काफ्लेले बताए । भारतले प्याजको निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य आकाशिएको छ । राम मण्डल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖