• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

एक वर्षपछि सानेपा पुगे बालकृष्ण खाँण


  • धनकुटा खबर
  • .

काठमाडौं, पुस १३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएपछि पहिलो पटक आज पार्टी मुख्यालय सानेपा पुगेका छन् । खाँण विहिबारदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन एक वर्षपछि पार्टी कार्यालय सानेपा पुगेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वर्ष वैशाख २७ गत पक्राउ परेका उनी मंसिर २९ धरौटीमा रिहा भएका थिए । यसअघि साउन २, भदौ ५ र असोज ४ मा केन्द्रीय समिति बैठक बस्दा उनी केन्द्रीय कारगार सुन्धारमा थिए ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनी ३० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा भएपछि खाँण पहिलो पटक सार्वजनिक रुपमा बाहिर आएका छन् ।

कांग्रेसले विहिबारदेखि केन्द्रीय समिति बैठक आफू सहभागी सरकारको काम र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन समीक्षा गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकवर्षे समीक्षा गरेसँगै कांग्रेसले पनि आफू सहभागी सरकार र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गरिरहेको हो।

बैठकमा मन्त्री फेरबदल हुने–नहुने विषयमाथि समेत छलफल भईरहेको छ । त्यस्तै बैठकमा राष्ट्रिय सभामा उम्मेदवारको विषयमा समेत छलफल भईरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖