• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

रविको विरोध गरेको भन्दै रास्वपा कार्यकर्ताले मन्दिरमा पत्रिका चढाए, पूजा गरे, दियो बाले


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले केही सञ्चारमाध्यमहरूको नाम लिएर बिहीबार अनौठो शैलीको विरोध प्रदर्शन गरेका छन्।

काभ्रेको पनौती नगरपालिका-७ स्थित पशुपति मन्दिरमा भेला भएका रास्वपा कार्यकर्ताहरूले सञ्चारमाध्यमको विरोधमा अनौठो तरिका अपनाएका हुन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रास्वपा पनौती नगर सभापति विवेक भट्टराईको बिहीबार साँझ ५ बजे करिब २५ जनाको टोली पशुपति मन्दिरमा पुगेर विरोध जनाएका हुन्।

उनीहरूले रास्वपा सभापति रवि लामिछानेको समाचार लेखेर चरित्र हत्या गरेको आरोप लगाउँदै कान्तिपुर दैनिकको बिहीबारको अंकलाई पशुपति मन्दिरमा चढाएका हुन्।

पत्रिका पशुपति मन्दिरमा चढाएपछि उनीहरूले विरोधस्वरुप पूजा पनि गरेका छन्। मन्दिर परिसरमा दियो बालिसकेपछि उनीहरूले उक्त पत्रिकालाई फोहोरा फ्याक्ने भाँडोमा हालेर विरोध जनाएको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖