• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मलाई छोडेर गाडी सिंहदरबार फर्किने बेला आगो लगाएछन् : मन्त्री ज्वाला


  • धनकुटा खबर
  • .

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन गएका बेला गाडीमा आगजनी भएको बताएका छन् । शुक्रवार सिंहदरबार मन्त्रालयबाट ललितपुरमा जारी केन्द्रीय समिति बैठकमा भाग लिन गएका थिए ।

मन्त्री ज्वाला ओर्लिएपछि अज्ञात समूहले गाडीमा आगो लगाएर ध्वस्त पारेको थियो । उनले आफूलाई चालकले छोडेर सिंहदरबार जानेक्रममा आगजनी भएको रातोपाटीसँग बताए ।

‘म मन्त्रालयबाट निस्किएर पार्टीको मिटिङमा गएको थिएँ । ड्राइभरले मलाई बैठकस्थलमा छाडेर बाहिरिने बेला आगो लगाएछन् । म अहिले पार्टीको मिटिङमै छु’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖