• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मन्त्रीको गाडी आगजनी घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ-ललितपुर ग्वार्कोमा मन्त्रीको गाडी आगजनी घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्य एक जनाको पाटन अस्पताल र एकजनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको परिचय खुलेको छैन। उनिहरु आन्दोलनकारी हुन् वा सर्वसाधरण भन्ने पनि प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीमा भएको हो।

मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका हुन्। मन्त्रीको गाडीलाई आन्दोलनकारीले घेरेपछि प्रतिकारमा शुरक्षाकर्मीले गोली चलाएका थिए। प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो।

रोजगार अनुमति प्रणाली (इपिएस)आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖