• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनाबारे प्रधानमन्त्रीले लिए १८ घन्टा पछि ब्रिफिङ


  • धनकुटा खबर
  • .

काठमाडौं – शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको आकस्मिक र अप्रत्याशित घटनाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीहरूसँग ब्रिफिङ लिएका छन ।

हिजो भएको घटनाका बारेमा प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा बोलाएर झन्डै १८ घन्टा पछि शनिबार बिहान घटनाको बारेमा ब्रिफिङ लिएका हुन ।

ब्रिफिङमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरी महानिरीक्षक वसन्त कुवँर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत उपस्थित रहेका थिए ।

ब्रिफिङमा उनीहरूले घटनाको बारेमा जानकारी गराउँदै छानबिन समितिसमेत गठन गरिएको प्रधानमन्त्रीलाई अवगत गराएका छन ।

प्रधानमन्त्रीले घटना आकस्मिक, अप्रत्याशित र दुखद् भएको बताउँदै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिँदै आफूले समेत घटनाको अध्ययन गरिरहेको बताएका छन ।

हिजो दिउँसो कोरियाको इपिएस प्रणालीका विषयलाई लिएर बेरोजगार समूहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजनी गरेका थिए ।

प्रदर्शनकारीले आगजनी गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागेर तथा कुटपिटबाट दुई बेरोजगार युवाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖