• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गृहमन्त्रीको राजीनामा माग्दै मन्त्रीक्वार्टर अगाडि नेविसंघकाे प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै शनिबार कालो झण्डा बोकेर मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गरेका छन्।

आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजीको राजीनामा पनि मागेका थिए।

उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द गर, शान्ति सुव्यवस्था कायम गर, गृहमन्त्री राजीनामा दे’ नाराबाजी गरेर करिब आधा घण्टा पुल्चोकको सडक पनि चक्काजाम गरेका थिए। प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू डा. नरेश भट्ट, विजय महतो,अनुराग शाह,थुमराज उपाध्याय,राजेश काफ्ले,नेपाल विद्यार्थी संघ ललितपुर जिल्ला सभापति सरोज घोरासैनी, काठमाडौँ जिल्ला सभापति अन्सुल केसी,केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय कृतिपुरका इकाई अध्यक्ष विष्णु बडैला, पाटन क्याम्पस इकाईका उपाध्यक्ष घनश्याम न्यौपाने,सुभाष पोख्रेल,रमेश खनाल लगायत नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖