काठमाडौं,१४ पुस । मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका हुन् । सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यायलमा बैठक केहिबेरमा बस्नेछ ।
आजको बैठकमा शुक्रबार ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा भएको झडपमा ज्यान गुमाएका २ जना र घाइते भएकाहरुको परिवारलाई क्षतिपूर्ति दिनेबारेमा निर्णय हुनेछ ।
बालकुमारीमा शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीले गोली चलाउँदा २ जनाले ज्यान गुमाएका थिए ।
