• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

ललितपुर प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख शिद्धिविक्रम शाहलाई जिम्मेवारीबाट हटाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको छलफल र सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङपछि ललितपुर प्रहरी प्रमुख एसएसपी शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

उनले भने, ‘शनिबार साँझसम्ममा यो पत्र जान्छ ।’ प्रधानमन्त्री प्रचण्डले पनि शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताएका थिए ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । शुक्रबार नै प्रदर्शनकारीले भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाएका थिए ।-अनलाइनखबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖