• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

वडाध्यक्ष र क्रसर सञ्चालक अवैध उत्खननको आरोपमा पक्राउ


  • धनकुटा खबर
  • .

सिराहा । चुरे तथा वन क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा र ग्राभेल उत्खननको सिफारिस दिएको भन्दै वडाध्यक्ष र क्रसर संचालकलाई डिभिजन वन कार्यालय लहान सिराहाले पक्राउ गरी हिरासतमा राखेको छ ।

वन क्षेत्रमा पोखरी गैरकानूनी ढङ्गले उत्खन्न सिफारिस दिएको भन्दै वन कार्यालयले वडाध्यक्ष फनिन्द्र पोखरेल र कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार एक्सकाभेटर प्रयोग गरी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् कार्यमा ऐन, कानून विपरित सिफारिस गरि सहयोग गरेको आरोपमा वडा अध्यक्ष पोखरेललाई पक्राउ गरी थप अनुसन्धानको लागि डिभिजन वन कार्यालयको हिरासतमा राखिएको हो ।

कर्जन्हा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुकै मिलोमतो कानून विपरीत अवैध उत्खनन् गरी विक्रिवितरण गरेको आरोपमा कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पनि नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको सूचना अधिकारी चौधरीले जनाए ।

गत ७ गते पुसमा सोही क्षेत्रबाट अवैध उत्खनन् गरिरहेको अवस्थामा गोप्य सुचनाको आधारमा डिभिजन वन कार्यालयबाट खटिएको टोलीले स्काभेटरसहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पक्राउ गरिएको थियो।

पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जाानकाारी दिए । स्थानीय जनप्रतिनिधिहरुले आर्थिक प्रलोभनमा परी सिराहाको उत्तरी क्षेत्रका वडाहरुमा ग्राभेल उत्खनन् गर्न पोखरीकेो सिफारिस दिन गरेको छ।

उत्तरी क्षेत्रमा पानी पोखरी नफष्टाए पनि यहाँबाट ग्राभेल तस्करहरुलाई सहज पार्न वडा कार्यालयहरुले अर्थिक प्रलोभन कै कारण गैरकानूनी रुपमा पोखरी खन्ने सिफारिस दिने गरेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖