• Thursday 8th of October 2026

युगान्डाका एथलेट खेलाडी बेन्जामिन मृत भेटिए


  • धनकुटा खबर
  • .

युगान्डाका चर्चित एथलेट खेलाडी बेन्जामिन किप्लागेतको निधन भएको छ। तीन ओलम्पिक खेलमा युगान्डाबाट प्रतिनिधित्व गरेका बेन्जामिन केन्यामा मृत फेला परेको बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार बेन्जामिनको चक्कु प्रहार गरेर हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ।

उनको शव केन्याको एल्डोरेत नजिकै कारमा फेला परेको केन्या प्रहरीले जनाएको छ। प्रहरीले घटनबारे अनुसन्धान सुरु गरेको पनि बताएको छ।

३४ वर्षिय बेन्जामिन २०१२ लन्डन ओलम्पिक खेलमध्ये ३ हजार मिटरको स्टीपलचेज प्रतियोगितामा सेमी फाइनलसम्म पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖