• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

प्रभु साहद्वारा ‘आईटी सेना’लाई रौतहटमा तालिम


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले पार्टी निकट अर्ध सैनिक बल भन्दै ‘आईटी सेना’ निर्माण गरेको छ । शनिबार आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरू भएको तालिम रौतहटको मौलापुरमा जारी रहेको अध्यक्ष प्रभु साहले जानकारी दिए । उनका अनुसार तालिम एक साता चल्नेछ ।

उक्त तालिममा आईटी सम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्यास समेत गराइएको बताइएको छ । आईटी आर्मीको प्रदेश अध्यक्ष बालाशंकर कुशवाहाले अहिलेको सूचना प्रविधिको युगमा युवाहरुलाई आईटी सम्बन्धी तालिम अत्यावश्यक रहेको बताए । आईटी बिना देशको बिकास सम्भव नभएको भन्दै उनले बैदेशिक रोजगारीमा भईरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण अपरिहार्य आवश्यकता भईसकेकोले तालिम समेत सञ्चालन गरिएको उनको भनाइ छ ।

आजपाले अहिलेको व्यवस्था असफल भैसकेको दाबी गर्दै देशलाई संकटबाट बचाऊन तत्काल अन्तरिम सरकार गठनको माग गर्दै आएको छ । आजपाका अध्यक्ष साहले सुरक्षा अधिकारीहरु देशको संकटबारे चिन्तित नभए पार्टीको लुटतन्त्रलाई चोख्याउन नै लागे चुप लागेर नबस्ने बताए । अहिलेको संविधानले देश र जनतालाई निकास नदिने ठोकुवा गर्दै उनले अन्तरिम सरकार गठन हुनुपर्छ भन्ने पार्टीको धारणा राखेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖