१६ पुस, विराटनगर । भारतबाट आएको हात्ती मोरङको सुन्दरहरैंचामा मृत भेटिएको छ । सुन्दरहरैंचा नगरपालिका-१० स्थित जनजागरण सामुदायिक वनमा करिब १२ वर्षको एउटा जंगली हात्ती मृत भेटिएको हो ।
हात्ती मृत भेटिएपछि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन दाहालले बताए ।
प्रहरी र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको उनले बताए । कोसीटप्पु वन्यजन्तु आरक्षबाट भेटनरी चिकित्सकको टोली पनि पुगेको छ ।
करिब दुई महिना अघि नेपाल प्रवेश गरेको जंगली हात्तीको समूह मोरङको जंगल क्षेत्रमा छ । मृत भेटिएको हात्ती सोही समूहको हो ।
