• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनामा ओलीको प्रश्न- मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्‍यो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी हुललाई उत्तेजित बनाएर गोली हालेर मान्छे मारेको टिप्पणी गरेका छन् । मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आन्दोलन भइरहेको ठाउँमा मन्त्री किन जानुपर्यो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘मान्छे किन मारिनुपर्यो? मन्त्री त्यो हुलमा गाडी लिएर किन जानुपर्यो? नगइ नहुने त्यहाँ के पर्यो ? थुप्रै प्रश्न उठेको छ त्यसको जवाफ के हो ? हुलमा गएर उत्तेजित बनाएर निहुँ खोजेर गोली चलाएर मान्छे मारेर गोलीमात्रै चलाइएको होइन बन्दुले मान्छेलाई मान्छे घुत्रुकै मर्नेगरी हालेको छ ।’ बालकुमारी घटनामा दुई जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖