काठमाडौँ – पक्राउ परेका जनमत पार्टीका नेता कार्यकर्ता रिहा भएका छन्। उनीहरुलाई छुटाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफै नेपाल पुलिस क्लब पुगेका थिए।
सोमबार जनमत पार्टीले ‘राष्ट्रिय धोती दिवस’को र्याली निकालेको थियो। र्याली माइतीघरमा निषेधित क्षेत्रमा प्रवेश गरेपछि जनमतका अध्यक्ष सीके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, पूर्वमन्त्री अब्दुल खानलगायत पक्राउ परेका थिए। गृहमन्त्री श्रेष्ठ आफै महेन्द्र पुलिस क्लब उनीहरुलाई छुटाएका हुन्।
