काठमाडौं । बालकुमारी घटनाका पीडित परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । सरकार, गृह मन्त्रालयको प्रतिनिधि, मृतक परिवारका प्रतिनिधिबीच छलफल गरी सहमति गरिएको हो ।
मृतकका परिवारलाई रोजगारीदेखि सहिद घोषणाको पहलसम्म पर्ने सहमति बनेको छ ।
मृतकको शव आजै बुझेर सम्बन्धित जिल्लामा पठाउने सहमति पनि भएको छ । यो घटनामा दुई जनाको मृत्यु भएको थियो । यसको छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन आयोगसमेत गठन गरेको छ ।
