• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

३ जना मृतावस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको बल्‍खुस्थित बल्‍खु संयुक्त सुमो पार्कमा रहेको टिकट काउण्‍टरको कोठाभित्र कैलाली धनगढी घर बताउने २२ वर्षीय राजु थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका-६ बखती टोल बस्ने ७५ वर्षीया नेत्र कुमारी क्षेत्री आफ्नै बाख्राको खोरभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

दाङको बबई गाउँपालिका-४ हापुरे बस्ने ५३ वर्षीया भिम कुमारी गिरी पनि आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖