• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

नेवानिका पाइलट दीपु ज्वार्चन बने ए३२० का लागि नेपालको पहिलो डीसीपी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल एयरलाइन्स (नेवानि)का वरिष्ठ पाइलट दीपु ज्वार्चनले न्यारोबडी जहाज ए३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डीसीपी)’को लाइसेन्स पाउन सफल भएका छन् ।

नेपालमा दर्ता भएका वायुसेवा कम्पनीमा कार्यरत पाइलटहरु मध्ये यस्तो लाइसेन्स पाउने उनी पहिलो पाइलट समेत बन्न सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

अहिले नेपालमा नेपाल एयरलाइन्स र हिमालय एयरसँग ए३२० जहाज छन् । हिमालयमा विदेशी परीक्षक पाइलट कार्यरत छन् ।

नेपाली नागरिकका रुपमा भने ज्वार्चनले यस्तो लाइसेन्स पाउन सफल भएका हुन् । उनलाई प्राधिकरणले मंगलबार यसका लागि योग्य घोषित गरेको भुलले जानकारी दिए ।

‘यसका धेरै प्रक्रिया हुन्छन्, उहाँले ती प्रक्रिया पार गर्र्दै आफूलाई डीसीपीका लागि योग्य बनाउनु भयो,’ भुलले भने ।

यससँगै अब ज्वार्चनले प्राधिकरणले लिने ए३२० का पाइलटहरुको परीक्षा लिन र त्यसको जाँच गर्न पाउने छन् ।

ज्वार्चन प्रशिक्षक पाइलट समेत हुन् । प्रशिक्षक पाइलटको भूमिका तालिम दिनेसम्म हुन्छ । परीक्षा लिन र त्यसको परिक्षणको काम गर्न डीसीपी नै हुनुपर्ने थियो ।

नेपालमा डीसीपी नहुँदा विदेशी परीक्षक पाइलटबाट यस्तो काम गराउनु पर्ने थियो । यो काम अब नेपाली पाइलटबाटै सम्भव भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖