• Saturday 28th of November 2026

झुक्याएर भारतमा पुर्‍याई मिर्गौला बेचिदिने नुवाकोटका हरि पक्राउ


  • धनकुटा खबर
  • .

भारतको कोलकत्ता लगेर मिर्गौला बेचिदिने एक जना पक्राउ परेका छन्। मानव बेचबिखन व्युरोले नुवाकोट बेलकोटगढी-१३ का ४३ वर्षीय हरि दर्जीलाई पक्राउ गरेको छ। उनी २०६५ मा समेत मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरी छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

परिवर्तित नाम २६ बबरमहल (१०५) लाई दर्जीले कोलकत्तामा मःम पसलमा काममा लगाइदिने र मासिक ३० हजार भारु तलब पाइने प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ।

पीडितलाई दर्जीले नुवाकोटबाट काकडभिट्टा हुँदै कोलकत्ता पुर्‍याएका थिए। कोलक्ता पुगेपछि पीडितलाई बेहोस बनाएर मृगौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडितलाई विहे ब्रतबन्धमा बाजा बजाउने काम बहानामा दर्जीले गाउँ बोलाएको र सिधै मिर्गौला बेच्ने अफर सुनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पीडितले मिर्गौला बेच्न अस्वीकार गरेपछि म:म: पसलमा मासिक ३० हजार भारु पाइने प्रलोभन देखा देखाई कोलकत्ता पुर्‍याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

पीडितलाई झुक्याई अस्पताल लगेर बेहोस बनाई अर्कै व्यक्तिकोमा मृगौला प्रत्यारोपण गरि ६ लाख दिएपछि आफ्नो मिर्गौला बेचिएको पीडितले एकीन गरेको व्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

उक्त घटनामा बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीको समेत विरुद्धमा मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी परेको प्रवक्ता पंगेनीले बताए। प्रहरीका अनुसार उनीहरू पुर्पक्षका लागि थुनामा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖