• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

रूपान्तरण अभियानमा खटिएका माओवादी नेतालाई हँसिया-हथौंडा उपहार


  • धनकुटा खबर
  • .

नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ कुशलतापूर्वक सम्पन्न गरेको भन्दै प्युठानमा नेताहरूलाई सम्मान गरिएको छ । पार्टीको योजनाअनुसार अन्तरजिल्लाबाट प्युठानको अभियानमा खटेका नेताहरूलाई माओवादी केन्द्रले सम्मानसहित बिदाइ गरेको हो । अभियानमा खटिएका माओवादी नेताहरूलाई हँसिया हथौडा मायाको चिनो दिँदै बिदाइ गरिएको हो ।

प्युठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकामा अभियानको नेतृत्व गर्दै माओवादी केन्द्रीय सदस्य लोकराज जैसी खटिएका थिए । दुई पालिका कमिटीको ईन्चार्जका रूपमा बर्दियाबाट प्युठान पुगेका उनले चार महिना स्वर्गद्वारी र माण्डवीमै रहेर काम गरेको बताए ।

अभियानको क्रममा पार्टी छाडेर अन्यन्त्र गएकाहरू फर्किएको र पार्टी गतिशील बनेको उनले बताए । अभियानले पैदा गरेको गतिशीलता र संगठनमा भएको सुधारलाई थप विकास गर्न सके माओवादी केन्द्र देशको बलियो शक्ति बन्ने जैसीको विश्वास छ ।

गत भदौ १६ गतेबाट शुरू भएको अभियान गत सोमबार सम्पन्न भएको थियो । अभियानको क्रममा प्युठानको स्वर्गद्वारीमा ११९ वटा नयाँ कमिटी निर्माण, २१०० भन्दा बढी जनभेटघाट कार्यक्रम, ४८० जनाभन्दा बढी पार्टी प्रवेश, ३९४ जनाको सदस्यता नवीकरण भएको उनले जानकारी दिए ।

त्यस्तै माण्डवीमा पनि ४८ वटा नयाँ कमिटी निर्माण, ४०५ जनभेटघाट, ९९ जना प्रवेश, २५७ जनाको सदस्यता नवीकरणलगायत कामहरू भएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖