• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

झापामा १४ वर्षीया किशोरी बलात्कृत


  • धनकुटा खबर
  • .

झापा । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा मंगलबार दिउँसो एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल विक छन् ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖