• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भन्सार विभाग घेराउ गर्न पुगेका पूर्व सभासद थापासहित आजपाका ७ नेता पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं,१८ पुस । भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार बिभाग घेराउ गर्न पुगेका आम जनता पार्टीका ७ नेता पक्राउ परेका छन् ।

बुधबार त्रिपुरेश्वरस्थित भन्सार विभाग पुगेका आजपाका उपाध्यक्ष तथा पूर्व सभासद तिलक थापा मथरसहितका ७ नेता पक्राउ परेका हुन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कालिमाटी वृतमा लगिएको आजपाले जनाएको छ ।

भन्सार नियमावलीमा रहेको ४५℅ कथित पुरस्कारको लुटकारी प्रावधान हटाउन माग गर्दै भन्सार बिभाग घेराउ गरिरहेको आम सम्पर्क मञ्चका नेता कार्यकर्तालाई प्रहरीले गिरफ़्तार गरेको आजपाले जनाएको छ । आन्दोलनकारीमाथि प्रहरीले लठ्ठिचार्ज गर्दा आजपा नेतृ रञ्जु साह सख्त घाइते भएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖