• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पूर्व राजालाई एमाले सांसदको चेतावनी- चुपचाप वृद्धभत्ता खाएर बस,चलखेल गरे तिम्रा कर्तुत जनसमक्ष ल्याउन नपरोस्


  • धनकुटा खबर
  • .

काठमाडौं,२० पुस । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई चलखेलको बाटोमा नलाग्न चेतावनी दिएका छन् ।

शुक्रबार बुटवलमा नेकपा एमाले गुल्मी–रुपन्देही सम्पर्क मंचको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले धेरै चलखेल गरे पुराना सबै कर्तुत जनसमक्ष ल्याउने चेतावनी दिएका छन् ।

थापाले ७६ वर्ष उमेर पुग्दापनि चलखेल गर्न नछोडेको भन्दै चुपचाप वृद्धभक्ता खाएर बसुन भनेका छन् । उनले पूर्व राजाले आफ्नो चुरिफुरी जारी राखे सबै कर्तुत जनसमक्ष ल्याउने चेतावनी दिएका छन् ।

‘७६ वर्षीय उमेरमा चुपचाप वृद्धभत्ता खाएर बस,चलखेल गरे तिम्रा कर्तुत जनसमक्ष ल्याउन नपारोस्,छोराको त्यो हालत छ,नातीलाई अघि सारेर राजतन्त्र ल्याउने सपना नदेखे हुन्छ,नेपाली जनताले त्यो विषय अस्वीकार गरिसकेको विषय हो’ थापाले भने ‘राजसंस्था फर्काउन संभव छैन,यो विषयमा अनेक विषय जोडेर ताहुरमाहुर नगरेहुन्छ, नेपाली जनता धेरै सचेत भइसकेका छन् ।’

सक्रिय रुपमा राजतत्रको अन्त्य भएको २ दशकपछि पूर्व राजा शाह पुन एकपटक जनताको माझमा गईरहेका छन् । गत वर्षदेखि नै देश दौडाहमा रहेका शाह एक सातादेखि रुपन्देहीमा रहेका छन् । बिहीबारमात्र रुपन्देहीमा आयोजित नागरिक अभिनन्दनलाई सम्बोधन गर्दै शाहले राजनीतिक द्धघटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖