• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

हर्कको तारिफ गर्दै बालेनले भने- धरानको श्रम संस्कृति विश्वमै अनुकरणीय


  • धनकुटा खबर
  • .

विराटनगर । धरान उत्सवको उद्घाटनमा धरान आइपुगेका काठमाडौं महानगरका मेयर बालेन शाहले धरान धेरै कुरमा अनुकरणीय भएकाृे बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । उनले काठमाडौंभन्दा पनि धरान फेसनमा अगाडि भएको बताए ।

धरान डे को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रमसंस्कृति समेत अनुकरणीय रहेको बताए ।
‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरुले सरकारको बजेटविना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, शाहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’

उनले उत्सवका अवसरमा धरानका मेयर हर्कलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौंमा आकाश भैरवलाई ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖