• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

यौनशोषण गराएको आरोपमा खाजा घरका संचालक सहित ३ पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा। महिला तथा बालिकालाई प्रलोभनमा पारी यौनशोषण गराउँदै आएका होटल संचालक सहित तीनजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -८ जाल्पारोड स्थित काभ्रेली खाजा घरका संचालकले महिला तथा बालिकालाई प्रलोभनमा पारी जबरजस्ती यौनशोषण गराएको आरोपमा प्रहरीले खाजा घरका संचालक सहित उक्त कार्यमा संग्लग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा -९ पृथ्वीचोक बस्ने वर्ष २९ को प्रविन गुरुङ, पर्वत स्थायी घर भइ हाल काठमाण्डौ शंखमुल बस्दै आएका वर्ष २३ को निर्मल मल्ल र पोखरा -१७ बिरौटा बस्ने वर्ष २६ को राजेश ठकुरी छन्।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार विकका अनुसार उक्त खाजा घरका संचालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाइदिन्छु भन्दै ल्याउने र सुरूवातमा होटलको सरसफाईको काम लगाएजस्तो गरेपनि केही समयपछी राम्रो कमाई हुन्छ भन्दै उनीहरुलाई विभिन्न लोभलालच तथा प्रलोभनमा पारी परपुरुषसँग भेट गराई यौनशोषण गर्दै आइरहेका थिए।

खाजा घरका संचालकले उक्त कार्य गराउँदै आइरहेको भन्ने सूचना पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले निगरानी गर्दा बिहीबार राती अन्दाजी १० बजेको समयमा सोही खाजाघरबाट महिलाहरूलाई बाहिर लैजान लागेको अवस्थामा दुई जना महिला र बालिकालाई उद्दार गरेको थियो।

हाल पक्राउ परेका तीनैजना माथि मानव ओसारपसार सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता विकले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖