• Friday 9th of October 2026

भारतको टी-२० टिममा विराट र रोहित फर्किए


  • धनकुटा खबर
  • .

अफगानिस्तानविरुद्ध घरेलु मैदानमा ११ जनावरीदेखि सुरु हुने तीन खेलको टी-२० सिरिजका लागि भारतले राष्ट्रिय टिम घोषणा गरेको छ।

टिममा कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीले पुनरागमन गरेका छन्। विराट र रोहितको टिममा आगमनलाई यो वर्षको जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि महत्वपूर्ण मानिएको छ।
टिममा सूर्यकुमार यावद र हार्दिक पाण्ड्या चोटका कारण सामवेश छैनन्। ‍

खेल तालिका
११ जनवरी, पहिलो टी-२० आई, मोहाली
१४ जनवरी, दोस्रो टी-२० आई, इन्दोर
१७ जनवरी, तेस्रो टी-२० आई, बैंगलोर

अफगानिस्तानविरुद्धको तीन टी-२० खेलका लागि भारतीय टिम : रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), सञ्जु सामसन (विकेटकिपर), शिवम दुबे, वाशिंगटन सुन्दर, अक्षर पटेल, रवि बिश्नोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान, मुकेश कुमार।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖