• Friday 9th of October 2026

गुलशन झाकाे शतकमा नेपालले स्कटल्यान्डलाई दियाे २ सय ८५ रनकाे लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाण्डाै – १९ वर्षमुनिकाे विश्वकपअघि स्कटल्यान्डसँगकाे अभ्यास खेलमा नेपालका अलराउन्डर गुलशन झाले शतक बनाएका छन् । गुलशन १ सय १५ बलमा १ सय १४ रन बनाएर आउट भए ।

गुलशनकाे शतक मद्दतमा नेपालले स्कटल्यान्डलाई २ सय ८५ रनकाे लक्ष्य दिएकाे छ । नेपाल ४९ ओभर २ बलमा २ सय ८४ रन बनाउँदा अल आउट भयाे । नेपालका लागि दीपक बाेहराले ५४ बलमा नट आउट ५८ रन जाेडे ।

जनवरी १९ अर्थात् आउँदो माघ ५ गतेदेखि शुरु हुने विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र समूहको अन्तिम खेल जनवरी २६ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖