• Friday 9th of October 2026

इएफए कपमा मिडल्स्ब्रोसँग चेल्सी स्तब्ध


  • धनकुटा खबर
  • .

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी इएफए कप फुटबलको सेमिफाइनल पहिलो लेगमा दोस्रो श्रेणीको क्लब मिडल्स्ब्रोसँग पराजित भएको छ ।

गएराती मिडल्स्ब्रोले घरेलु मैदान रिभरसाइड स्टेडियममा चेल्सीलाई १-० ले पराजित गरेको छ । चेल्सीले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा पारजित भयो ।

मिडल्स्ब्रोका लागि हाएडेन हाकनेले ३७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यपछि दुवैतर्फबाट थप गोल भएन ।

चेल्सीका कोल पाल्मरले तीन गोलका सम्भावित अवसर गुमाएका थिए । चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आफ्नो टिमले अवसर बनाएको तर गोल गर्नका लागि छरितो नभएको बताए ।

चेल्सी र मिडल्स्ब्रोबीच दोस्रो लेग २३ जनवरीमा चेल्सीको मैदानमा हुनेछ ।

अर्को सेमिफाइनलमा लिभरपुलले फुलहमसँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖