• Friday 9th of October 2026

ओसासुनालाई हराउँदै बार्सिलोना सुपर कपको फाइनलमा


  • धनकुटा खबर
  • .

काठमाडौं । ओसासुनालाई २-० ले हराउँदै बार्सिलोना स्पानिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरबको रियादमा भइरहेको सुपर कपमा रोवर्ट लेवान्डोस्की र ल्यामिन यमलले दोस्रो हाफमा गरेको गोलमा बार्सिलोना विजयी भएको हो ।

लेवान्डोस्कीले ५९औं मिनेटमा इल्के गुन्डोगानको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

यामलले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

अब बार्सिलोनाले उपाधिको लागि रियल मड्रिडसँग खेल्नेछ । रियलले पहिलो सेमिफाइनलमा छिमेकी एट्लेटिको मड्रिडलाई ५-३ ले पराजित गर्दै फाइनल पुगेको हो । फाइनल खेल १४ जनवरीमा रियादमै हुनेछ ।

बार्सिलोनाले सर्वाधिक १४ पटक स्पानिस सुपर कपको उपाधि जित्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖