• Friday 9th of October 2026

दीपेन्द्रको कप्तानीमा पुलिसको बलियो टोली घोषणा


  • धनकुटा खबर
  • .

नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्र सिँह ऎरिको कप्तानीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरेकोछ ।

दीपेन्द्र आइसिसी टि२० विश्वकप एसिया छनोटमा केही महिना अघि संगापुर विरुद्ध घाइते भएका थिए ।
त्यसपछि उनले घरेलु क्रिकेट खेलेका छैनन् । त्यस्तै कुशल भुर्तेल पनि टोलीमा फर्किएका छन्।
उपाधिको मुख्य दाबेदार पुलिसमा सिनियर टोलीका स्टार खेलाडी छन्।

यु१९ विश्वकपको कारण गुलशन झा टोलीमा हुने छैनन् । योगेन्द्र सिंह कार्की र पवन सरार्फले पुलिस छाडी सकेका छन् । पवन मधेश जादा योगेन्द्र अष्ट्रेलियामा छन्।

पुर्व कप्तान मन्जित श्रेष्ठले टोलीको मुख्य प्रशिक्षकको जिम्मेदारी पाएका छन् । उनले राष्ट्रिय स्तरमा पहिलो पटक मुख्य प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन् ।

उनको मुख्य प्रशिक्षकमा गत वर्ष पुलिसको महिला टोलीले नवौं राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको थियो । पुरुष तर्फको नवौं बाटनै उनले पुलिस छाड्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए । २०६५ देखि २०७९ सम्म मन्जितको कप्तानीमा पुलिसले घरेलु क्रिकेटमा एक दर्जन भन्दा बढी उपाधि जितेको थियो ।

पिएमकप शनिबार देखी काठमाडौंको टियु, मुलपानी र भैरहवाको सिद्धार्थ रंगशालामा हुनेछन् ।

प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ । सबै ७ पदेश र तीन विभागीय टोलीले एकअर्कासँग खेल्नेछन् । यस पटक शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । शीर्ष चार टोलीले इलिट टर्फी खेल्नेछन् ।

पुलिसको टोली : दीपेन्द्र सिँह ऎरि (कप्तान), आरिफ शेख, करण केसी , कुशल भुर्तेल, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, सुनिल धमला, ललित राजवंशी, सागर ढकाल, शंकर राना, राशिद खान, ललित भण्डारी र रोशन बुढाल ।

मुख्य प्रशिक्षक : मन्जित श्रेष्ठ
ब्यवस्थापक : चित्र बहादुर बिस्ट
टेक्निकल एनालिस्ट : विजय कुमार धिताल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖