अदालतबाट जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका सन्दीप लामिछानेले सफाइ नपाएसम्म क्रिकेटबाट टाढा रहने स्वघोषणा गरेका छन् । उनले नेपाल क्रिकेट संघ ण्क्यान) लाई पत्राचार गर्दै कुनै पनि स्तरको क्रिकेटबाट आफु टाढा रहेको बताएका छन् ।
सन्दीपलाई जिल्ला अदालत काठमाडौंले जबरजस्ति करणीमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएको छ । यद्यपि, उनी तत्काल जेल जानुपर्ने अवस्था छैन । उनले उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । जिल्ला अदालतले मुद्दाको पूर्णपाठ निकालेर सन्दीपले बुझेको १०० दिनभित्र पुनरावेदन गरिसक्नुपर्छ । सन्दीपले जेलबाहिरै रहेर उक्त पुनरावेदनको मुद्दा लड्न सक्ने सुविधा कानूनतः प्राप्त छ ।
यो प्रक्रियामा केही महिना समय लाग्ने भएको हुँदा त्यतिञ्जेल सन्दीपलाई खेलाउने कि नखेलाउने भन्ने प्रश्न क्यानसामू थियो । अदालतबाट कुनै मुद्दामा दोषि प्रमाणित भएको व्यक्तिलाई तत्काल खेल्नबाट रोक्ने नेपालमा कुनै कानूनी व्यवस्था छैन । यद्यपि, नैतिक विषय भएकाले सन्दीप आफैं अलग भएका हुन् ।
लामिछानेले नेपालको राष्ट्रिय टिमलाई पनि कुनै चिन्ता नमानी र आफ्नो अभाव नखड्किने गरी डटेर खेल्न र पछि नहट्न शुभकामना समेत ब्यक्त गरेका छन्। नेपालले पौनौ ५ महिनापछि बिश्वकप खेल्ने भएकाले लामिछानेले शुभकामना मार्फत हिम्मत नहारी आफ्नो अभाव खखड्किन नदिन अनुरोध गरेका छन् ।उनले आफु जहाँभएपनि क्रिकेटकै नजिक हुने भन्दै नेपाललाई बिश्वकपमा जितका लागि शुभकामना दिएका हुन् ।
