• Friday 9th of October 2026

देव र गुलशन आइसीसीको ‘फ्रेब्रेट’


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली विश्वकपका लागि अहिले दक्षिण अफ्रिकामा छ । नेपाली टोलीले विश्वकप अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपालको पहिलो खेल २१ जनावरीमा हुनेछ । बुफलो पार्क, इस्ट लन्डनमा हुने खेलमा नेपाल जित निकाल्दै राम्रो सुरुवात गर्ने योजनामा छ ।

प्रतियोगिता अघि आइसीसीले सार्वजनिक गरेको ‘प्लेअर टू वाच’मा नेपालका गुलशन झा र देव खनाललाई बलियो खेलाडीको रुपमा राखेको छ ।

गुलशन र देव राष्ट्रिय टोलीबाट पनि खेलिसकेका हुनाले टिममा राम्रो प्रभाव पार्न सक्ने लेखेको छ । जसमा अर्जुन कुमाल र दुर्गेश गुप्ता पनि टिमको लागि राम्रो खेलाडी भएको र राष्ट्रिय टोलीमा पर्नको लागि उनीहरुले पनि राम्रो पदर्शन गर्ने बताए ।

नेपालको टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मकर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖