• Friday 9th of October 2026

क्रिकेटमा कमाएको साख नातावादमा गुमाउदै पारस खड्का


  • धनकुटा खबर
  • .

पारस खड्का नेपालको क्रिकेटको इतिहासमा ब्याबसायिक र नैतिक सबै क्षेत्रबाट अब्बल खेलाडी हुन् । पारस खड्काले देखाएको बाटो हिड्ने अनुयायीहरुको संख्या लाखौँमा छ । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका लागि पारस खड्का अविस्मरणीय र अनुकरणीय नाम हो ।

क्रिकेटको दुनियामा सफलता पाएपछि लथालिगं भएको क्यानलाई सम्हाल्न आएका पारस खड्का क्रिकेटलाई ब्याबसायिक्ता तर्फ लम्काउन अग्रसर भएका थिए जुन साच्चिकै उदाहरणीय कदम थियो । क्यानको सफलता केही हदसम्म बढ्न पनि गएको छ ।

पछिल्लो समय बालेन र पारस खड्काको एक विषय निकै चर्चामा छ । आफन्त घुसाउन खोजेको भन्दै बालेनले काठमाडाँै महानगरपालिकाका एक कर्मचारी निलम्बित गरे । उनको चौतर्फी चर्चा चुलियो । अहिले पनि देशमा रहेका अधिकाशं स्थानीय तहमा आफ्ना मान्छे करारमा भर्ना गर्नु सामान्य जस्तै छ । आशा गरिएका पारस खड्काबाट बालेनको जस्तै कदमको अपेक्षा थियो तर पारसले आफुसँगै काम गरेका सहकर्मीलाई क्यानको उच्च पदमा घुसाए । उनको विरोध खुला प्रतिस्पर्धामा सहभागीहरुले नै गरेका थिए । यसरी यो निर्णयले पारस खड्काले कमाएको प्रतिष्ठा आफन्तवादमा पोखिएको छ ।

उनले सच्चिनु जरुरी छ । पारस खड्काजस्तो बौद्धिक ब्यक्तिले आफन्तवादमा रुमल्लिने हो भन्ने समाजमा कस्तो सन्देश जान्छ ? योग्य पात्र क्यानमा आएपछि सकभर नातावाद, कृपावाद र चाकडीवादलाई क्रिकेटसँग जोडिएको पवित्र संस्थामा उचित हुदैँन । यस विषयमा प्रश्न उठिसकेपछि पारसले जवाफ दिनु अनिवार्य देखिन्छ । ब्याबसायिक्तातर्फ क्रिकेटलाई लाने पारसको प्रयासको भने तारिफ गर्नैपर्छ । तसर्थ निर्णयमा पुनरावलोकन आबश्यक छ ।

क्यानका सचिव खड्का बलियो नेपालको सस्थापक रहेको र सोही संस्थानमा आबद्ध साथीलाई महाप्रबन्धक नियुक्त गरेपछि पारस खड्कासहित क्यानका जिम्मेवार पदाधिकारीमाथी गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖