• Sunday 4th of October 2026

एमालेको लुम्बिनी अधिवेशन अपडेटः पौने २ बजेसम्म ८६१ मत खस्यो


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि भइएको निर्वाचनमा ८६१ मत खसेको छ । बिहान पौने ९ बजेदेखि मतदान सुरु भएकोमा दिउँसो पौने २ बजेसम्म ८६१ म्त खसेको हो ।

अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल (आरके) र प्युठानका हरि रिजाल प्रतिष्पर्धामा छन् । निर्वाचनका लागि १००४ मतदाता छन् । १६ गतेदेखि सुरु भएको पहिलो लुम्बिनी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि मंगलवार बिहानबाट मतदान सुरू गरिएको हो ।

उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहेका छन् । त्यस्तैगरी दुईजना उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।

जसमा उपेन्द्रलाल कार्मी (रुकुमपूर्व) दुर्गाप्रसाद थारू चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हिरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लीला राना मगर (बर्दिया र बसन्ती आचार्य (बाँके) रहेका छन् ।

यी पदका लागि पनि आजै निर्वाचनको तयारी छ । ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिष्पर्धामा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖