• Sunday 4th of October 2026

पेप्सिकोला दुर्घटनामा दुई मोटरसाइकल चालक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको पेप्सिकोलामा भएको सवारी दुर्घटनाको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुर्घटनाका क्रममा बाइक चलाउने दीपेन्द्र तामाङ र सन्तोष घले रहेका छन् ।

जडिबुटीतिरबाट तीव्र गतिमा आइरहेको बसलाई छल्दै एउटा मोटरसाइकलले लेन क्रस गरेको थियो । मोटरसाइकललाई जोगाउने क्रममा बसले बोलेरोलाई ठक्कर दिएपछि दुई जनाको मृत्यु भएको थियो ।

सोही मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖