• Friday 9th of October 2026

धोनीमाथि मानहानीको मुद्दा


  • धनकुटा खबर
  • .

भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीमाथि मानहानीको मुद्दा दायर भएको छ। धोनीमाथि उनकै दुईजना पूर्व बिजनेस पार्टनरले मानहानिका मुद्दा दर्ता गराएका हुन्।

दिल्लीस्थित हाईकोर्टमा दर्ता भएको मुद्दामा आज सुनुवाई हुनेछ।

बीबीसीक अनुसार धोनीका पूर्व बिजनेस पार्टनर मिहिर दिवाकर र सौम्या दासले मुद्दा दायर गराएका हुन्।

यसअघि धोनीका वकिलहरूले ती दुबैजनामाथि १५ करोड रुपैया ठगीको आरोपमा केस दर्ता गराएका थिए। तर, दिवाकर र सौम्याले आफूमाथि लगाइएको आरोपले मानहानी भएको भन्दै मुद्दा दर्ता गराएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖