• Sunday 4th of October 2026

भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब


  • धनकुटा खबर
  • .

काठमाडौं (हाम्रो – राष्ट्रिय महिला तथा पुरुष भलिबल खेलाडीले इतिहासमै पहिलो पटक मासिक तलब पाएका छन् । नेपाल भलिबल संघले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै खेलाडीले मासिक तलब पाउने जानकारी दिएको छ ।

वर्तमान राष्ट्रिय टोलीमा भएका समान १२ जना महिला र पुरुष खेलाडीले मासिक पाँच हजारका दरले तलब पाएका छन् । अमेरिकामा रहेका पूर्व राष्ट्रिय खेलाडी राम श्रेष्ठको समन्यमा राष्ट्रिय खेलाडी र बिजनेश इन्टरप्रेनियरको सहयोगमा उक्त मासिक तलब दिने भएको हो ।

सेप्टेम्बर, अक्टोबर र नोभेम्बरको तबल संघको खातमा आई सकेको जानकारी दिएको छ । सबै खेलाडीलाई तीन महिनाको तलब कुल १५ हजार आजनै संघले प्रदान गरेको छ ।

पहिलो पटक तलब पाएपछि कप्तान अरुणा शाहीले भनिन्, ‘सर्वप्रथम खेलाडीहरुको हौसला बढाउन संघले जुन कार्य लिएको छ । हृद्धय देखी धन्यावाद भन्छु । म भलिबल खेल्न थालेको १४-१५ वर्ष भयो । यो संघले जस्तो काम गरेको हो । क्रिकेट र फुटबलमा उतैबाट डलर आउँछ । भलिबल संघले आफैं सहयोग जुटाएर म संघ र समन्वय गर्ने राम श्रेष्ठ दाईलाई धन्यावाद दिन चाहन्छु ।’

राष्ट्रिय पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठले पहिलो पटक तलब पाएपछि भने, ‘म कप्तान हुँदा सुरुवात भएको छ । नवनिर्वाचित भबिलबल संघका जितेन्द्र चन्दको संघलाई म भुल्ने छैन । अमेरिकामा बस्ने पूर्व खेलाडीले हाम्रो मर्म बुझेर दिनु भएको छ । सबैलाई धन्यावाद ।’

नेपालको महिला र पुरुष भलिबल टोलीले आगमी महिना चीनमा हुने १९ औं एसियाली खेलकुद खेल्दैछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा पहिलो पटक १९ औं एसियाली खेलकुद खेल्न लागेको हो ।

तीन महिनाको तलब पाउने खेलाडी

एसियाली खेलकुदका लागि नेपालको अन्तिम टोलीः

मानबहादुर श्रेष्ठ (कप्तान), रविन चन्द, विशाल विक, टेकराज अवस्थी, धिरज काजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरि, सम्राट भण्डारी, विनोद चन्द, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर

नेपालको एसियाली खेलकुद खेल्ने महिला भलिबल टोली :

अरुणा शाही (कप्तान), सरस्वती चौधरी, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द, उषा भण्डारी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, संगम महतो, निरुता ठगुन्ना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖