• Friday 9th of October 2026

मोहम्मद नाबीका छोराले विश्वकप खेल्दै, रसिदका भतिजा र मुजिबका भाई पनि अफगान टोलीमा


  • धनकुटा खबर
  • .

काठमाडौं। सन् २००९ मा मोहम्मद नाबीले अफगानिस्तानबाट खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा हसन इसाखिल केवल तीन वर्षका थिए।

१४ वर्षपछि नाबी अहिले पनि अफगानिस्तानको सिनियर राष्ट्रिय टोलीमा छन् भने सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने अफगानि खेलाडी हुन्।

नाबीले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहँदा उनै हसन पनि शुक्रबारदेखि सुरु हुने आईसिसी यू-१९ विश्वकपका लागि राष्ट्रिय टोलीमा छन्। हसन प्रारम्भिक ब्याट्सम्यान हुन्।

अफगानिस्तानको सिनियर टोलीका अर्का सदस्य रसिद खानका भतिजा पनि विश्वकप खेल्न यतिबेला दक्षिण अफ्रिका पुगेका छन्।
उसमान खान सिनवारी, रसिदका भतिजा हुन्। अफगानिस्तानको सिनियर राष्ट्रिय टोलीका अर्का स्पीनर मुजिब उर रहमानका भाई जमसिद जद्रान पनि आसन्न विश्वकप खेल्ने टोलीमा छन्।

जमसिद र मुजिब दाजुबहिनीका छोरा छोरी हुन्। रसिद खानको अनुपस्थितीमा हाल टी-२० राष्ट्रिय टोलीको कप्तानी गरिरहेका इब्राहिम जद्रान पनि जमसिदका आफन्त हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖