• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

माघ ८ गते सम्पूर्ण माछा, मासु र रक्सी पसल बन्द गर्न आग्रह


  • धनकुटा खबर
  • .

वीरगंज । विश्व हिंन्दू परिषद नेपाल, वीरगंज महानगर समितिले भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिर उद्घाटनका दिन माघ ८ गते वीरगंजका सम्पूर्ण माछा, मासु, रक्सी पसल बन्द गर्न आग्रह गरेकाे छ ।

विश्व हिंन्दू परिषद नेपाल, वीरगंज महानगर अध्यक्ष सागर सर्राफकाे नेतृत्वकाे एक समुहले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन पत्र बुझाउँदै यस्तै आग्रह गरेकाे हाे l

पाँच सय वर्षपछि निर्माण भएकाे राम मन्दिरको निर्माणले विश्वकै सम्पूर्ण हिन्दूहरूको अस्थाको विषय रहेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

ज्ञापन पत्र मार्फत त्यस दिन हरेक मठ मन्दिरलाई राम मन्दिर जस्तै सजावट गर्ने, विहान झाँकीको साथै नगर परिक्रमा गर्न शोभा यात्रा निकाल्ने, दिउँसो प्राण प्रतिष्ठा प्रोजेक्टरबाट लाईभ ठाँउ ठाउँमा देखाउने, साँझ हरेक मन्दिरमा भव्य दिपोत्सव बाल्ने, ठाउँ ठाउँमा महा आरती गर्न लागिएकाे विश्व हिन्दु परिषद्ले जनाएकाे छ ।

यसका साथै त्यस दिन रातीमा हरेक ठाउँ ठाउँमा झाँकी कार्यक्रम राखिएकाेले बहुसंख्यक हिन्दूहरूको अस्थालाई मध्य नजर राखी वीरगंज नगरमा रहेको सम्पूर्ण मासु, माछा, रक्सी पसल र मांसाहारी होटल बन्द गराई दिन विश्व हिन्दु परिष वीरगंजले ज्ञापन पत्र मार्फत आग्रह गरेकाे हाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖