• Sunday 4th of October 2026

नेपालले आज युएईसँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप क्रिकेटकाे एसिया क्षेत्र छनोटमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्दैछ ।

नेपाल र युएईबीचकाे खेल मलेसियाकाे क्वालालम्पुरमा हुँदैछ । बिहान सवा ७ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण केही ढिला भएकाे छ ।यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।

नेपाल र युएईको ४ खेलबाट समान ८ अंक छ । तर युएई नेटरनरेटको आधारमा शीर्ष स्थानमा छ । आजको खेलले समूह विजेता र उपविजेताको टुंगाे लाग्नेछ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी-२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖