• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

१९ दिनदेखि अझै बेखबर तोरिपानीकी मिना परियार


  • धनकुटा खबर
  • .

बेनी नगरपालिका–९,तोरिपानीकी १९ बर्षिया मिना परियार घरबाटै हराएको १९ दिन वितिसक्दा समेत अत्तोपत्तो नभएपछि परिवार चिन्तित छन् । गएको पुस १६ गते राती अचानक घरबाट सम्पर्कविहिन भएकी मिनाका बुबा ५९ बर्षिय जुठे दमाइले बेपत्तालाई ‘रहस्यमय’ भन्दै खोजीकार्यमा जुट्न अनुरोध गर्नुभएको छ।

‘हामी बुढाबुढी कतै जान सकिदैन, खोजीकार्यमा सम्बन्धित निकायको सहयोगको पर्खाइमा छौ’ दमाईले भन्नुभयो । उहाँले खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बताउँदै सामान्य परिवारको भएकाले बेवास्ता वा चासो नदेखाएजस्तो लागेको बताउनुभयो ।

परिवारका सदस्य, आफन्त, शुभचिन्तकले नियमित जाने स्थान तथा वनजंगल, खोलानाला र विभिन्न स्थानमा समेत व्यापकरूपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएको स्थानीय बाबुराम चोखालले बताउनुभयो ।‘मोबाइलको लोकेशन सहित गहिराइमा पुगेर अनुसन्धान गरी बास्तविकता पत्ता लगाउनुपर्छ, घरमा बुढाबुढी आमाबुबालाई चिन्ताले सताइरहेको छ’ चोखालले भन्नुभयो ।

कतै गएको भएपनि सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ । बेपत्ता मिनाको मोवाइल लोकेशन, फेसबुकबाट समेत अनुसन्धान गर्न परिवारका सदस्यले सम्बन्धित निकाय समक्ष माग गरेका छन् । घरमा कुनै झगडा नभएको र राती खाना खाएर सुत्न गएपछिको अवस्थामा घरबाट हराएकाले कतै समस्यामा परेको हुनसक्ने परिवारको भनाई छ । धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले आइतबार जिल्ला प्रहरी कार्यालयमा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖