एजेन्सी – आइसीसी यू-१९ विश्वकप शुक्रबारबाट सुरु भएको छ। १९ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने क्रिकेटको विश्वकप आइसीसी यू-१९ विश्वकप दक्षिण अफ्रिकामा शुक्रबारबाट सुरु भएको हो।
प्रतियोगितामा नेपाल पनि सहभागी छ। नेपाल समूह ‘डी’ मा छ। सो समूहमा नेपाल बाहेक तीन टेस्ट राष्ट्र न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्।
प्रतियोगिता शुक्रबारबाट सुरु भएपनि नेपालले भने प्रतियोगिताको पहिलो खेल आइतबार मात्रै खेल्नेछ। आइतबार नेपालले न्युजिल्याण्डको सामना गर्ने छ।
आइतबार नेपाल न्युजिल्याण्ड माथि तेस्रो जित निकाल्ने प्रयासमा हुनेछ। नेपालले यस अगाडी न्युजिल्याण्डलाई दुई पटक पराजित गरेको छ। नेपालले २००६ र २०१६ मा न्युजिल्याण्डलाई पराजित गरेको थियो।
नेपालले कोलोम्बोमा २००६ को प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले न्युजिल्यान्डलाई एक विकेटले हराएको थियो भने सन् २०१६ को यू–१९ विश्वकपको समूह चरणमा पनि न्युजिल्यान्ड माथि जित निकालेको थियो।
नेपाली यु-१९ टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द
