• Friday 9th of October 2026

टाइगर कप महिलातर्फको उपाधिमा एपीएफको ह्याट्रिक


  • धनकुटा खबर
  • .

पोखरा । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ । योसँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो ।

शनिबार भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

फाइनलमा सबै सेटमा एपीएफ न्यु डायमन्डमाथि हाबी देखिएको थियो । एपीएफले पहिलो सेट २५-२०, दोस्रो सेटमा २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पोल्टामा पार्न सफल रह्यो । यसअघि एपीएफले दोस्रो र तेस्रो टाइगर कपको उपाधि जितेको थियो ।

उपविजेता बनेको चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖