• Friday 9th of October 2026

२५ अर्ब भारु तिरेर टाटा समूह बन्यो आईपीएलको मुख्य प्रायोजक


  • धनकुटा खबर
  • .

मुम्बई – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको पाँच वर्षको शीर्ष प्रायोजनको अधिकार टाटा समूहले पाएको छ । यसै वर्ष अर्थात् सन् २०२४ देखि २०२८ सम्मको आईपीएलको मुख्य प्रायोजनको सम्झौतामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई र टाटा समूहबीच सम्झौता भएको छ ।

शीर्ष प्रायोजनबापत पाँच वर्षमा टाटाले आईपीएललाई २५ अर्ब भारु बुझाउनेछ । यो प्रायोजनको रकम अहिलेसम्मकै धेरै भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघिका दुई वटा संस्करणमा पनि टाटाले नै शीर्ष प्रायोजन गरेको थियो ।

आईपीएलका अध्यक्ष अरुणसिंह धुमालले कीर्तिमानी रकमको प्रायोजन सम्झौताले आईपीएललाई थप उचाइमा पुर्याएको बताउनुभएको छ । सन् २०२४ को आईपीएल आउँदो मार्च महिनादेखि हुने सम्भावना छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖